images
Logo

सोमवार, आश्विन ४ २०७८Sep 20 2021

images

महिला फुटबल : आज दोस्रो खेल, नेपाल र बंगलादेशबीच

महिला फुटबल : आज दोस्रो खेल, नेपाल र बंगलादेशबीच

आइतवार, भाद्र २७ २०७८

  • 825
    SHARES

  • महिला फुटबल : आज दोस्रो खेल, नेपाल र बंगलादेशबीच

    काठमाडौं, भदौ । नेपाली राष्ट्रिय महिला टिमले बंगलादेशसँग दोस्रो मैत्रीपूर्ण खेल आज खेल्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजे सुरु हुनेछ । दुवै टोली अहिले महिला एसियन कप छनोटको तयारीमा छन् ।

    त्यसैका लागि दुई वटा मैत्रीपूर्ण खेल आयोजना गरिएको हो । यसअघि बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशलाई २-१ ले पराजित गरेको थियो । नेपालका दुई डेब्युटान्ट सबिना राना र प्रिती राईले डेब्यु गोल गर्दै नेपाललाई जिताएका थिए ।

    नेपाल र बंगलादेशस दुवै टिम एसियन कप छनोट खेल्न न्युट्रल भेन्यु उज्वेकिस्तान जाँदैछन् । त्यसअघि यही मैत्रीपूर्ण खेलमा मार्फत टिममा रहेको गल्तीहरु सुधार गर्ने दुवै टिमले अपेक्षा राखेका छन् छनोटमा नेपाल समूह एफ मा छ ।

    यस समूहमा फिलिपिन्स र हङकङ छन् । नेपालले सेप्टेम्बर १८ (असोज २) मा फिलिपिन्स र सेप्टेम्बर २१ (असोज ५) मा हङकङसँग खेल्नेछ ।

    यस समूहको विजेता बने नेपाल अर्को वर्ष भारतमा हुने एसिया कपमा छनोट हुनेछ । बंगलादेश छनोटको समूह जी मा छ । यस समूहमा जोर्डन र इरान छन् ।

    आइतवार, भाद्र २७ २०७८०८:५८:५०

    डेमो खबर डेस्क

    सम्बन्धित समाचार