images
Logo

सोमवार, आश्विन ४ २०७८Sep 20 2021

images

२४ घण्टा:थप ९ सय ९४ जना सङ्क्रमित थपिए, १२ को मृत्यु

२४ घण्टा:थप ९ सय ९४ जना सङ्क्रमित थपिए, १२ को मृत्यु

शनिवार, भाद्र २६ २०७८

  • 841
    SHARES

  • २४ घण्टा:थप ९ सय ९४ जना सङ्क्रमित थपिए, १२ को मृत्यु

    काठमाडौँ, भदौ।पछिल्लो २४ घण्टामा ९ सय ९४ जनामा कोरोनाभाइरसको सङ्क्रमण भएको छ । ९ हजार ८४० जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ७७७ तथा एन्टिजेन विधिबाट २१७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।हालसम्म देशमा पीसीआर विधिबाट ७ लाख ७६ हजार ३२५ जना र एन्टिजेन विधिबाट ८६ हजार ६२१ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भइसकेको छ ।

    हाल सक्रिय सङ्क्रमितको सङ्ख्या २७ हजार ३५५ रहेको छ । यही अवधिमा थप १ हजार ३६८ जना निको भएका छन् । नेपालमा हालसम्म कूल सङ्क्रमितमध्ये ७ लाख ३८ हजार ३४ जना निको भएका छन् । नेपालमा निको हुने दर ९५।१ प्रतिशत पुगेको छ । कोरोनाभाइरसको सङ्क्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । हालसम्म १० हजार ९३६ जनाले ज्यान गुमाइसकेका छन् । पछिल्लो २४ घण्टामा थप ६८ हजार ६३० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हालसम्म ५१ लाख ६० हजार ५२४ जनाले खोपको दुवै मात्रा लगाएका छन् भने ५७ लाख ६९ हजार ३२८ जनाले खोपको पहिलो मात्रा लगाएका छन् ।

    शनिवार, भाद्र २६ २०७८०९:०४:४८

    डेमो खबर

    सम्बन्धित समाचार