images
Logo

मंगलवार, कार्तिक ९ २०७८Oct 26 2021

images

सोलुखुम्बु  : काँग्रेसमा बढ्यो युवा आकर्षण 

सोलुखुम्बु  : काँग्रेसमा बढ्यो युवा आकर्षण 

बिहिवार, भाद्र २४ २०७८

  • 905
    SHARES

  • सोलुखुम्बु  : काँग्रेसमा बढ्यो युवा आकर्षण 


    सोलुखुम्बु, भदौ  । नेपाली काँग्रेसको जारी १४ औँ महाअधिवेशनका सन्दर्भमा भएको वडा अधिवेसनमा हिमाली जिल्ला सोलुखुम्बुमा धेरै युवा नेतृत्वमा चयन भएका छन् । ‘काँग्रेस बुढापाकाको पार्टी’ भन्ने मान्यतालाई चिर्दै वडा अधिवेशनबाट सभापति तथा क्षेत्रीय प्रतिनिधिमा युवा चयन भएका हुन् ।
    यसै क्रममा वडा अधिवेशनबाट सोलुखुम्बुमै कम उमेरकी पूजा फुयाल खुला महिला प्रतिनिधिमा विजयी हुनुभएको छ । जिल्लाको नेचासल्यान गाउँपालिका–३ मा भएको निर्वाचनबाट सबैभन्दा धेरै मत ल्याएर प्रतिस्पर्धी सबैलाई उछिन्दै २१ बर्षको उमेरमा क्षेत्रीय प्रतिनिधिमा विजयी भएकी छन  ।
    २६३ मत खसेकोमा पुजालाई सबैभन्दा धेरै अर्थात २०२ मत प्राप्त भएको छ । नौ कक्षामा पढ्दा हिमाल दर्शन मावि नेचाको नेविसंघ ईकाइ सभापति बनेकी पूजा उच्च शिक्षा अध्ययनको क्रममा वि.सं.२०७३ सालमा सानोठिमी क्याम्पस भक्तपुरको स्ववियू सदस्यमा निर्वाचित भएकी हुन । 
    अहिले नेविसंघ सोलुको कोषाध्यक्ष र जीपी कोईराला फाउण्डेशनको जिल्ला सहसचिव फुयाल पूर्णकालीन राजनीतिमा लागेकी छन ।  
    धेरै मत ल्याएर जित्दा निकै खुशी भएको उनको भनाइ छ । ‘मैले सहमतिमा मलाई एउटा क्षेत्रीय प्रतिनिधिमा पठाउनुस् भनेर सबै नेता तथा पार्टीका अगुवालाई भने तर उहाँहरुले मलाई अन्य पदमा राख्ने आश्वासन दिएर नपठाउने कुरा गरे ’ उनले भने । ‘चुनवामा गएपछि मलाई ९० प्रतिशत क्रियाशिलले माया गरेर जिताए ।’
    क्षेत्रीय प्रतिनिधि जितेसँगै राजनीतिमा यूवाको भविष्यप्रति आशा जागेको उहाँको भनाइ छ । काँग्रेसमा ५० कटेकालाई युवा नेता मान्नुपर्ने विवशतालाई यो पुस्ताले तोड्नुपर्ने उनले बताईन  ।
    ५२ वडा रहेको सोलुखुम्बुमा तीनवटा वडामा मात्र चुनावी प्रक्रियाबाट नेतृत्व चयन भएको हो । चुनाव भएको नेचासल्यान गाउँपालिका नेपाली काँग्रेसको सबैभन्दा बढी क्रियाशिल सदस्य भएको जिल्लाकै दोस्रो वडा हो ।

     

    बिहिवार, भाद्र २४ २०७८०८:५१:०७

    डेमो खबर

    सम्बन्धित समाचार