images
Logo

सोमवार, आश्विन ४ २०७८Sep 20 2021

images

तीज पर्व :  'सुसंस्कृति, सशक्तिकरण अभियान'

तीज पर्व :  'सुसंस्कृति, सशक्तिकरण अभियान'

बिहिवार, भाद्र २४ २०७८

  • 2.2K
    SHARES

  • तीज पर्व :  'सुसंस्कृति, सशक्तिकरण अभियान'

     

    बन्दना खाँँड
    तीज पर्व प्राचीन रैथाने परम्परा एवम् नेपाली महिलाको एक पर्व  हो । सामाजिक, सास्कृतिक विविधताले भरिएको हाम्रो देश तीजलगायतका धेरै चाडपर्व, सस्कृतिले धनी छ र त्यसमध्ये तिज भने महिलाले मात्र मनाउने र बिशेष पर्वको रुपमा रहेको छ । विगतमा हेर्दा बिवाह भएर गएका छोरी चेली माइती घर जान बर्ष दिनमा आउने यही पर्व कुरेर बस्थे, नयाँ कपडा, गहना लगाउन पाउने, दाजुभाई, दिदी बहिनी, साथी सगींसँग स्वतन्त्र रुपमा रमाउने, आफूले सहन गर्न परेका पीडा, विभेद नाचगानबाट प्रस्तुत गर्थे ।
    विगतमा बुहारीलाई परिवारको सदस्यको रुपमा भन्दा पनि घरमा काम गर्ने मान्छेको रुपमा लिने गरिन्थ्यो र परिवारका सदस्यको उनीप्रति माया, आत्मीयता खासै रहँदैन्थ्यो । वर्ष दिनभरि आफुले भोगेका दुख, वेदनालाई व्यक्त गर्ने माध्यम भनेको नै तीज पर्व थियो ।
    यो पर्व वैदिक कालदेखि नै मनाउँदै आएको परापूर्वकालको मान्यता पाईन्छ । तीजको कथा अनुसार पर्वतराज हिमालयको छोरी पार्वतीको विवाह बिष्णु भगवानसँग गर्ने भनिएको हुन्छ तर पार्वतीले महादेव चाहेकी हुन्छिन । महादेव वर पाउ पनि निराहार व्रत बसेर शिवको आरधाना गरेपछि  पार्वती र महादेवको विवाह सम्भव भएको र्धािमक मान्यता छ  । 
    धार्मिक मान्यता अनुसार नै भन्ने हो भने पनि यो पर्व नारी विद्रोहको पर्व थियो र तत्कालिन समयमा पार्वतीले आफनो अधिकारका लागि पूजापाठ, निराहार वर्त अर्थात र्धािमक विधिमार्फत अभियान गरिन र आफुले मन परेको श्रीमान रोजेकी थिईन । 
    नेपालमा विश्वको महिला आन्दोलन शुरु हुनु अगावैदेखि नै नेपाली महिलाले राणाशासनको अन्यायबिरुद्द, छोरीको शिक्षा, प्रजातन्त्र प्राप्तीका लागि अधिकार, परिवर्तनका आवाज तीज गीतमार्फत उठाएको ईतिहास छ । परम्परादेखि नै तीजको सन्दर्भमा चेलीले गीत गाउने प्रचलन रहेको र विगतका दिनमा माइत आएका वा माइत जान नपाएका चेलीले गीतमार्फत आफ्नो वह पोख्थे । उनीहरूले वर्षभरिका तीता मिठा भोगाइलाई गीतमा व्यक्त गर्थे । 
    साथसाथै, खुसी र उत्साहका कुरा पनि त्यसमा मिसिएका हुन्थे र खासगरी लैंगिक विभेदबारे खुलेर गीत गाउँथे र समानताको वकालत गर्थे । तीज गीतमा महिला जागरण र समानताको स्वर पनि मिश्रण हुन्थ्यो । साथै निरन्तर रुपमा अहिले पनि तीज गितमा स्वास्थ्यको आवश्कता, महिला हिंसा सम्बोधन, बाढी पहिरो, महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन, भ्रस्टा्रचार उल्मुलन, चेलिबेटि बेचबिखन अन्त्य, कुसस्कार तथा विकृति हटाउन,े यौनिक अल्पसंख्यक, समबिकास, लैगिंक समानता, समान रुपान्तरण आदीबारे सचेतनामुलक, सकारात्मक सन्देशका भावसहितका गीत सगीत समेटिएका छन् । 
    अझै पनि महिलाका दुःख–पीडा सकिएका छैन, बरु त्यसमा परिवर्तन आएको छ । तीजको सन्दर्भमा गीत गाउने प्रचलन अहिले पनि उस्तै छ । तीज संस्कृतिसँग गासिएको र तीज गीत भनेको महिलाको वेदना पोख्ने, महिलाको आत्मविश्वास बढाउने,  चेतना र जागरुकता बढेसँगै गीतको स्वरूप बदलिएको छ । पछिल्लो समय महिला गीतमा मनको बह सँगसँगै उत्साह र उमङ्गको भाका हाल््दै छमछमी नाँच्छन पनि । 
    अहिले गाउँ गाउमा, दुर दराजमा समेत तीजका गीत संगीतले समानता महसुस, परिवर्तनको दृष्टिकोणका बुलन्द आवाज उठाउँदा समाज रुपान्तरणमा अहम् भूमिका खेलेको पाईन्छ । आजभोलि कलेज, विधालय, बिभिन्न सस्था, सञ्जांल, समुहमार्फत हुने तीज गीत प्रतियोगिता, सचेतनामुलक अन्तरक्रिया, बहसहरु सशक्तिकरणको एक अभियानकै रुपमा प्रस्तुत हुँदै आएको छ जसले महिला मानव भएकोमा गौरब गर्ने परम्पराको बिकास, व्यक्तिगत अधिकार,  स्वतन्त्रता, हकअधिकार, नेतृत्व, न्याय, आत्मबल, स्वभिमान, समानता, बढेको पाईन्छ ।
    तीज पर्वले परिवारमा पनि सौहार्दता ल्याएको छ, दाजुभाई, दिदीबहिनी, भाउजु बुहारी, साथी संगीसँग दर खाने ख्वाउने प्रचलनले अपन्त्व र आपसी सम्बन्ध प्रगाढ भएको पाईन्छ । 
    तीजको सन्दर्भमा आयोजित बिभिन्न बहस, अन्तरक्रियामा तीजलाई कुनै एक विशेष धर्म वा समुदायका महिलाको पर्वका रुपमा मात्रै नलिएर महिला पुरुष दुवैको आपसी सम्मान र सद्भावको उत्सवका रुपमा लिनुपर्ने महसुस भएको छ । 
    तीज मुख्यतः आफ्नो हितैषी मित्रको रूपमा रहने आफ्नो जीवन साथीको महत्वको मनन गर्ने एक ऐतिहासिक दिनको रुपमा लिनुपर्ने, एकअर्काको सुस्वास्थ्य, दीर्घायु र प्रगति, एक अर्काको भविष्य उज्ज्वल, मित्रताका भाव सहित दुवैले मनाउने पर्वको रूपमा तीजलाई ग्रहण गर्न जरुरी रहेको छ । जीवन साथीले एक अर्कालाई आदर गर्ने,  आपसी सम्मान र सहयोगी बन्ने माध्यमका रुपमा तीजलाई मनाउँदा अझ आत्मसम्मान बढने र सशक्त हुने देखिन्छ ।  
    तीज पर्वलाई व्यक्तिगत स्वतन्त्रता, सशक्तिकरण, समानता, खुशी, सद्भाव आदान प्रदान र अनुभव साट्ने .र आदरको उत्सवका रुपमा मनाउनुपर्नेमा बिशेष जोड दिनुपर्नेछ । 
    तीजको सांस्कृतिक सबल पक्षलाई निरन्तरता  दिदै तीजमा वत्र बस्दा शारीरिक फाईदा भएता पनि तीजका अवसरमा कुनै पनि महिलालाई वर्त बस्न बाध्य पारिन नहुने र व्रत बस्ने नबस्ने वा कसरी बस्ने भन्ने व्यक्ति स्वयमको निर्णयलाई छोडि दिनुपर्ने, तीजसँग जोडिएर रहेको कतिपय विभेदकारी व्यवहार,  अन्धविश्वास, खराब अभ्यास जस्तै श्रीमानको आयु बढने,  खुट्टा धोएको पानी खाने अझ पनि रहेको र त्यस्ता क्रियाकलाप निर्मूल गर्नका लागि प्रयास गरिनुपर्छ । साथ साथै पछिल्ला दिनमा तीज केहि भडकिला हुँदै आएको, सस्कृति मौलिकतामा कमी आएको पनि बिश्लेषण भएको अवस्था छ । 
    अझै पनि महिला तीजमा माईत जानलाई, रमाईलो गर्न ३—४ दिन घरको काम काजको चाजोपाजो मिलाएर, वस्तुभाउलाई व्यवस्थापन गरेर जानुपर्ने बाध्यता छ  । केहि वर्ष यतादेखि तीजमा पुरुष, किशोरहरु पनि गाउने, नाच्नेमा सहभागी हुँदै अधिकार, न्याय, सकारात्मक्ता, परिवर्तनका आवाज उठाउँदै गर्दा लैगिंक भूमिकाको मर्म अनुरुप घरको कामकाज, व्यवस्थापनमा पनि सहभागी हुन उत्तिकै जरुरी रहेको छ । 
    विश्व ईतिहासमा महिला मात्रको सग्ंलनता रहेको पर्व तीज पर्व नै हो । महिलाको बुलन्द आवाज, महिला शक्ति, महिला अधिकार, दिदी बहिनी, साथीसंगी, परिवार तथा आफन्तसँगको समानताको सघर्षं, वेदना, मर्म,  खुशियाली अनुभव साटासाट गर्दै सकारात्मक संस्कार, सुसंस्कृति, मौलिकताको निरन्तरता पर्व तीज ९त्भ्भ्व् ९त्बभिक या भ्mउयधभचmभलत, भ्त्रगबष्तिथ बलम व्यथक० ले समानता र सशक्तिकरणको माध्यमको रुपमा रहेको पाईन्छ । 
    संयुक्त राष्ट्र सघंले पनि मौलिक सस्कृतिको संरक्षणमा जोड दिदै आएको छ तसर्थ तीज पवर्का बिकृति हटाउँदै सांस्कृतिक मौलिकताले तीज पर्वको सरंक्षण, प्रर्वद्दनसहित व्यापक बनाउन जरुरीे देखिन्छ
    ( ल्ोखक ः क्यान्सर रोकथाम तथा सामाजिक अभियन्ता)

    बिहिवार, भाद्र २४ २०७८०१:०७:३२

    डेमो खबर डेस्क

    सम्बन्धित समाचार