images
Logo

सोमवार, आश्विन ४ २०७८Sep 20 2021

images

 दिक्तेल : ‘टावर छ, नेटवर्क छैन’

 दिक्तेल : ‘टावर छ, नेटवर्क छैन’

सोमवार, भाद्र २१ २०७८

  • 1.2K
    SHARES

  •  दिक्तेल : ‘टावर छ, नेटवर्क छैन’


     
    दिक्तेल, भदौ । रावाबेसी गाउँपालिका क्षेत्रमा नेपाल टेलिकमको नेटवर्क नहुँदा सर्वसाधारणलाइ समस्या भएको स्थानीयले बताएका छन । गाउँपालिकाको अधिकांश वडाको धेरै बस्तीमा टेलिकमको नेटवर्क नआउँदा फोन गर्न डाँडा खोज्दै हिड्नुपर्ने बाध्यता रहेको स्थानीयको गुनासो छ ।
    गाउँपालिकाको वडा नम्बर २ खार्पा र ५को  दुबेकोलमा टेलिकमको टावर निर्माण थालेको दुईबर्ष हुन लाग्दा पनि हालसम्म सञ्चालनमा नआएको स्थानीय बिष्णु उपरकोटीले बताउनुभयो ।  ‘घरबाट टेलिकमको टावर देखिन थालेको दुई बर्ष भया,े तर आजसम्म मोबाईलमा नेटवर्क छैन,’ अर्का स्थानीय जीनबहादुर तामाङको भनाई छ ।
    गाउँपालिकाको कार्यालयमा नेटवर्क नआउँदा सेवा प्रवाहमा समस्या भएको प्रमुख प्रशासकीय अधिकृत रेखबहादुर थापाले बताए । अतिआवश्यक काम पर्दा फोन गर्न कार्यालय छाडेर डाँडातिर निस्कनुपर्ने बाध्यता रहेको उनको भनाई छ । 
    हाल कोरोना भाईरसको कारण भौतिक उपस्थितिमा बिद्यालय सञ्चालन गर्न समस्या हुँदा अनलाईन र फोनमार्फत पठन पाठनलाई निरन्तरता दिनुपर्ने बाध्यता छ । जसको लागि गाउँपालिकाले सबै बिद्यार्थीलाई नेपाल टेलिकमको सियुजी सिमकार्ड पनि बितरण गरिसकेको शिक्षा शाखा संयोजक तिर्थराज दाहालले बताउनुभयो । तर गाउँपालिकाको तल्लो क्षेत्रमा टेलिकमको नेटवर्क नआउँदा अनलाइन कक्षा सञ्चालनमा समस्या भएको उनको भनाई छ । 
    गाउँपालिकामा टावर सञ्चालन गर्न आवश्यक सहयोगसँगै बारम्बार ताकेता गरिरहेको तर टेलिकमले वास्ता नगरेको गाउँपालिका अध्यक्ष लिलानाथ निरौला बताउँछन । गाउँपालिकामा निर्माण हुँदै गरेको दुईवटै टावर निर्माण सम्पन्नसँगै टावरमा बिद्युत पु¥याउने काम सकिएको एक बर्ष भईसकेको छ । तर निर्माणको काम सकेर टावर सञ्चालन नगरी नेपाल टेलिकमका कर्मचारी गुमनाम भएको स्थानीयको गुनासो छ । 
    यस सम्बन्धमा खोटाङ, ओखलढुंगा र सोलुखुम्बुको जिम्मेवारी पाएका टेलिकम कार्यालय ओखलढुंगाका प्रमुख दिनेशचन्द्र पन्थीले कोरोनाको समस्या र अविरल बर्षाको कारण टावर सञ्चालनमा ल्याउन ढिला भएको बतएका छन ।  टावरमा बिद्युत जडान गर्ने काम किएकोले करिब एक महिनामा टावर सञ्चालनमा ल्याउने उनको भनाई छ । 

    सोमवार, भाद्र २१ २०७८११:३२:१०

    डेमो खबर

    सम्बन्धित समाचार