images
Logo

सोमवार, आश्विन ४ २०७८Sep 20 2021

images

युएईमा नेपालीलाई प्रवेश खुला आजदेखि

युएईमा नेपालीलाई प्रवेश खुला आजदेखि

बिहिवार, श्रावण २१ २०७८

  • 1.5K
    SHARES

  • युएईमा नेपालीलाई प्रवेश खुला आजदेखि

    काठमाडौं,साउन।संयुक्त अरब इमिरेट्स ९युएई० ले कोरोनाविरुद्धको खोप लगाएका नेपालीलाई प्रवेश खुला गरेको छ । युएईले आज बिहीबारदेखि लागू हुने गरी प्रवेश खुला गरेको आबुधावीस्थित नेपाली दूतावासले जनाएको छ ।
    युएईको भिसा भएका तर खोप नलगाएका व्यक्तिलाई ४८ घण्टाको पिसिआर नेगेटिभ रिपोर्ट अनिवार्य गरिएको छ ।
    युएइको सरकारी निकायमा कार्यरत व्यक्ति, युएइमा कार्यरत स्वास्थ्यकर्मी, युएइका विद्यालय तथा विश्वविद्यालयका शिक्षक, युएइमा उपचार चलिरहेका व्यक्ति, विशेष मानवीय परिस्थिति भएका व्यक्तिले प्रवेश पाउनेछन् ।
    उनीहरूले युएई सरकारको अनुमति भने लिनुपर्नेछ । त्यसरी युएई प्रवेश गर्नेका व्यक्तिको हकमा नेपालको विमानस्थलमा र्यापिड टेस्ट हुने, युएईका विमानस्थलमा अवतरण भएपछि पिसिआर परीक्षण हुने, क्वारेन्टिनलगायतका अन्य स्वास्थ्य प्रोटोकलको पालना गर्नुपर्ने दूतावासले जनाएको छ ।

     

    बिहिवार, श्रावण २१ २०७८११:१९:५७

    डेमो खबर

    सम्बन्धित समाचार