images
Logo

सोमवार, आश्विन ४ २०७८Sep 20 2021

images
सत्तारुढ गठबन्धन

देउवा - प्रचण्ड भेटवार्ता : 'सोमबरसम्ममा मन्त्रीपरिषद बिस्तार गर्न छलफल'

देउवा - प्रचण्ड भेटवार्ता : 'सोमबरसम्ममा मन्त्रीपरिषद बिस्तार गर्न छलफल'

शनिवार, श्रावण १६ २०७८

  • 1.5K
    SHARES

  • देउवा - प्रचण्ड भेटवार्ता  : 'सोमबरसम्ममा मन्त्रीपरिषद बिस्तार गर्न छलफल'

    काठमाडौं, साउन । मन्त्रिपरिषद् पूर्णता दिनेबारे प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार बिहान भएको भेटमा मन्त्रालय भागबण्डाका विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ ।

    स्रोतका अनुसार कुन मन्त्रालय कसलाई दिनेबारे वा पावर शेयरिङबारे दलबीच सहमति भइनसकेकाले दुई नेताले सो विषयमा छलफल गरेका हुन् ।

    गत असार २९ गते प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन नसकीरहेका बेला सोमबारसम्म पूर्णता दिनेगरी छलफल भएको छ ।

    सत्तारुढ गठबन्धनमा रहेका नेपाली काँग्रेस, माओवादी केन्द्र र जसपाले मन्त्रीहरुको नामावलीको टुंगो लगाउन सकेका छैनन् । ती दलहरुमा मन्त्री बन्नका लागि हानाथाप रहेको छ ।

    जसका कारण मन्त्रिमण्डलले पूर्णता पाउन नसकेको हो । देउवा सरकारमा अहिले चार मन्त्री र एक राजमन्त्री नियुक्त भएका छन् ।

    शनिवार, श्रावण १६ २०७८०५:००:३७

    डेमो खबर

    सम्बन्धित समाचार