images
Logo

सोमवार, आश्विन ४ २०७८Sep 20 2021

images

नेपाली कांग्रेस : 'विमलेन्द्र, प्रकाशमान र सशांकले गरे भेटवार्ता'

नेपाली कांग्रेस : 'विमलेन्द्र, प्रकाशमान र सशांकले गरे भेटवार्ता'

शनिवार, श्रावण १६ २०७८

  • 2.0K
    SHARES

  • नेपाली कांग्रेस :  'विमलेन्द्र, प्रकाशमान र सशांकले   गरे  भेटवार्ता'

    काठमाडौं, साउन । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री सशांक कोइराला र पूर्वमहामन्त्री डा. प्रकाशमान सिंहबीच शनिबार भेटवार्ता भएको छ ।

    नेता सिंहको निवास चाक्सीबारीमा तीन नेताबीच भेट भएको हो । एक महिनाअघि एक अर्काको निवासमा पुगेर तीन पटकसम्म भेट गरेका यी नेताले महाधिवेशन नजिकिँदै जाँदा फेरि भेटघाट शुरु गरेका हुन् ।

    उनीहरुबीच के कुराकानी भयो भन्ने विषय सार्वजनिक गरिएको छैन । नेपाली कांग्रेसका संस्थापक नेता वीपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधिका छोरा यी तीन नेताको भेटलाई कांग्रेसमा अर्थपूर्ण रुपमा हेरिएको छ ।

    यसअघिको भेटका क्रममा उनीहरुले आफूहरु तीन जनामध्ये एक जनाले मात्र सभापतिमा उम्मेदवारी दिने बताएका छन् ।

    शनिवार, श्रावण १६ २०७८०४:२४:३५

    डेमो खबर

    सम्बन्धित समाचार