images
Logo

सोमवार, आश्विन ४ २०७८Sep 20 2021

images

नेतृ झाक्रीले भनिन : 'ओलीले पार्टी अध्यक्ष छाडेपछि एकता हुन्छ'

नेतृ झाक्रीले भनिन : 'ओलीले पार्टी अध्यक्ष छाडेपछि एकता हुन्छ'

शनिवार, श्रावण १६ २०७८

  • 1.5K
    SHARES

  • नेतृ झाक्रीले भनिन  :   'ओलीले पार्टी अध्यक्ष छाडेपछि एकता हुन्छ'

    काठमाडौं, साउन । नेकपा एमालेकी नेतृ रामकुमारी झाक्रीले अध्यक्ष केपी शर्मा ओलीले आत्मालोचना गर्दै अध्यक्ष छाडेपछि मात्र पार्टीमा एकता हुनसक्ने बताएकी छन् ।

    शनिबार अखिल फोर्सको बृहत भेलालाई सम्बोधन गर्दै नेतृ झाँक्रीले मुलुकको राजनीतिलाई अहिलेको स्थितिमा पुर्याउने मूलधारबाट बाहिर नहुँदासम्म एकता हुन नसक्ने बताइन् ।

    जतिबेला आजको राजनीतिलाई यो स्थितिमा पुर्याउने मेनस्ट्रिमबाट बाहिर हुन्छन्, पार्टी एकताको शर्तमा छाड्छन्, त्यतिबेला मात्र पार्टी एकता हुन्छ उनले भनिन् ।  प्रतिगमनकारीले सामान्य प्रयश्चित पनि नगरी कुममा कुम जोडाएर मात्र एकता हुन्छ भनेर प्रश्न गरेकी छन् ।

    प्रतिगमनकारीको अध्यक्षतामा कुममा कुम जोडाएर हामी बस्दैमा कम्युनिस्ट आन्दोलन सुदृढीकरण हुन्छ ? उनले प्रश्न गरिन्, चुनावमा मान्छेले भोट हाल्छन् ?

    राजनीति भनेको भन्ने एउटा गर्ने अर्को हो ? आफू पार्टी एकता विरोधी नभएको तर कम्युनिस्ट आन्दोलनको विर्सजन कसले गयो ? पुस ५ र जेठ ७ प्रतिगमन कि जनादेश भन्ने प्रष्ट हुनुपर्ने बताइन् ।

    एमालेभित्र संसद विघटनलाई प्रतिगमन र जनादेश बन्ने दुईथरि मत रहेको भन्दै उनले यसमा समान धारणा नहुँदासम्म पार्टी एकता कसरी हुन सक्छ भनी प्रश्न गरिन् ।

    यो प्रतिगमन हो कि जनादेश प्राप्त हो, हामी एउटै पार्टीमा हुने हो भने यसमा एउटै धारणा हुन सक्छ कि सक्दैन उनले प्रश्न गरिन् । यसको जवाफ १० बुँदे सहमतिले दिन नसक्ने नेतृ झाँक्रीले बताइन् ।

    शनिवार, श्रावण १६ २०७८०४:१३:१७

    डेमो खबर

    सम्बन्धित समाचार