images
Logo

सोमवार, आश्विन ४ २०७८Sep 20 2021

images

अर्थमन्त्री शर्मा - चिनियाँ राजदूत भेट : ' १६ लाख डोज अनुदानको खोप आउने'

अर्थमन्त्री शर्मा - चिनियाँ राजदूत भेट : ' १६ लाख डोज अनुदानको खोप आउने'

शुक्रवार, श्रावण १५ २०७८

  • 1.2K
    SHARES

  • अर्थमन्त्री  शर्मा  - चिनियाँ राजदूत भेट : ' १६ लाख डोज  अनुदानको खोप आउने'

    काठमाडौं, साउन । नेपालका लागि चिनियाँ राजदूत होउ याङछीले अर्थमन्त्री जनार्दन शर्मासँग शिष्टाचार भेट गरेकी छन् । शुक्रबार मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री शर्माले कोभिड महामारी र भूकम्पपछिको पुनस्निर्माणमा प्राप्त भएको चिनियाँ सहयोगको लागि धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि चिनिया सहयोग र सद्भाव निरन्तर रहने विश्वास व्यक्त गरे ।

    मन्त्री शर्माले कोभिड विरुद्ध जनतालाई खोप लगाउनु सरकारको प्राथमिकताको काम भएको भन्दै चीनले १८ लाख डोज खोप अनुदानमा दिएकोमा आभार प्रकट गरे । उनले चीनबाट थप खोप खरिदको लागि प्रक्रिया अघि बढाएकोले त्यस कार्यमा राजदूतबाट सहयोग र सहजीकरण हुने विश्वास व्यक्त गरे ।

    मन्त्री शर्माले चिनिया सहयोगमा नेपालमा सञ्चालित विभिन्न आयोजनाहरूको कार्यान्वयनमा अनुगमन गरी देखिएका समस्या समाधान गर्न र कार्यसम्पन्न गर्न सरकारको तर्फबाट तदारुकता रहने प्रतिबद्धता व्यक्त गरे ।

    उनले चिनिया लगानीमा अघि बढिरहेका सडक, जलविद्युत, विमानस्थल लगायतका निर्माणाधीन परियोजना सम्पन्न गर्नको लागि नेपाल सरकारले गर्नुपर्ने कामको सम्बन्धमा गम्भीरतापूर्वक ध्यान दिने बताए ।  

    भेटको क्रममा चिनिया राजदूत होउले नवनियुक्त अर्थमन्त्री शर्मालाई बधाई दिँदै जुनसुकै सरकार आए पनि नेपाललाई हेर्ने चिनियाँ नीति र दृष्टिकोणमा परिवर्तन नआउने धारणा व्यक्त गरेकी थिइन् ।

    चिनियाँ जनता र त्यहाँको कम्युनिस्ट पार्टीसँग नेपाली जनता र यहाँका राजनीतिक दलको राम्रो सम्बन्ध रहेको चर्चा गर्दै राजदूत होउले कोभिड महामारी विरुद्धको लडाइँमा आफू नेपालको साथमा रहँदै आएको बताए ।

    चीनले यसअघि नै नेपाललाई १८ लाख डोज खोप अनुदानमा दिइसकेको र थप १६ लाख डोज अनुदानको खोप पनि चाँडै प्राप्त गर्ने जानकारी दिइन् ।

    भूकम्पपछिको पुनर्निर्माण पनि चीनले नेपालमा विभिन्न २५ वटा परियोजनाको पुनर्निर्माण सहयोग गरेको र आधाजसो काम सकिएको उल्लेख गर्दै उनले दरबार हाइस्कुलको पुनर्निर्माण सकिएको, वसन्तपुरको नौ तले दरबारको काम सकिन लागेको र बाँकी रहेका अन्य परियोजनाको काम पनि चाँडै सम्पन्न गरिने आश्वासन दिइन् । 

    शुक्रवार, श्रावण १५ २०७८०६:१७:१०

    डेमो खबर

    सम्बन्धित समाचार