Logo

शनिवार, श्रावण १६ २०७८Jul 31 2021

images

नेशनल लाईफ : कम्पनी दोश्रो स्थानमा उक्लियो

नेशनल लाईफ : कम्पनी दोश्रो स्थानमा उक्लियो

बिहिवार, श्रावण ७ २०७८

  • 869
    SHARES

  • नेशनल लाईफ : कम्पनी दोश्रो स्थानमा उक्लियो

    काठमाडौँ, साउन । जीवन बीमा ब्यवसायमा नेशनल लाईफ इन्स्योरेन्सले चमत्कारिक प्रगति गर्न सफल भएको छ । प्रथम बीमा शुल्कको आधारमा गत आर्थिक वर्षमा देशकै ठूलो कम्पनीमध्ये एक एलआईसी नेपाललाई उछिन्न सफल भई नेशनल लाईफ दोश्रो स्थानमा उक्लिएको हो । 

    कूल बीमा शुल्क १२ अर्ब १६ करोडसहित प्रथम बीमा शुल्क चार अर्बभन्दा माथि पु¥याउन सफल भएको छ । नेपालमा सञ्चालित जीवन बीमा कम्पनीको स्टाटस नै तलमाथि हुने गरी प्रगति गरेपछि कम्पनीमा उत्सवमय वातावरणको सिर्जना भएको छ र कम्पनीले थप प्रगति गर्नेमा कर्मचारी र अभिकर्ता वर्ग उत्साहित र विश्वस्त  छन् । 

     

    श्री बीमा समितिको सुत्र अनुसार एलआइसी नेपालको प्रथम बीमा शुल्क ३ अरब ५५ करोड आर्जन गरी तेश्रो स्थानमा रहेको छ भने युनियन लाईफको ३ अर्ब १९ करोड संकलन गरी चौथो स्थानमा रहेको छ । 
    आर्थिक वर्ष २०७७÷०७८ मा कम्पनीले अघिल्लो आर्थिक वर्षको तुलनामा ७० प्रतिशतभन्दा बढी प्रथम बीमाशुल्क संकलन गर्न सफल भएको हो । त्यस्तै, नविकरण बीमा शुल्कसमेत उल्लेख्य रुपमा बृद्धि भएको छ । 
    अघिल्लो आर्थिक वर्षमा जम्मा नौ अर्ब २६ करोड ७४ लाख कूल बीमाशुल्क संकलन गरेकोमा गत आ.व.मा १२ अर्ब १६ करोड ५५ लाख  कूल बीमा शुल्क संकलन गरेको हो । 

     

    सबै वित्तिय सूचांकमा उल्लेख्य प्रगति गरेको कम्पनी अव नेपालको दोश्रो ठूलो जीवन बीमा कम्पनी बन्न पुगेको  छ । नेपालको सबैभन्दा ठूलो जीवन बीमा कम्पनी नेपाल लाईफ हो । सो कम्पनीले गत आर्थिक वर्षमा करिब ३२ अरब ८४ करोड कूल बीमाशुल्क आम्दानी गरेको छ । 

     

    बिहिवार, श्रावण ७ २०७८११:०४:२८

    डेमो खबर

    सम्बन्धित समाचार