Logo

शनिवार, श्रावण १६ २०७८Jul 31 2021

images

एक दिवसीय क्रिकेट : भारत र श्रीलंकाबीचको दोस्रो खेलमा बने सात रेकर्ड

एक दिवसीय क्रिकेट : भारत र श्रीलंकाबीचको दोस्रो खेलमा बने सात रेकर्ड

बुधवार, श्रावण ६ २०७८

  • 813
    SHARES

  • एक दिवसीय क्रिकेट : भारत र श्रीलंकाबीचको दोस्रो खेलमा बने सात रेकर्ड

    काठमाडौं, साउन । भारत र श्रीलंकाबीचको दोस्रो एक दिवसीय क्रिकेट खेल पनि भारतले जितेको छ । कोलम्बोमा भएको दोस्रो खेलमा मंगलबार राति ३ विकेटको जित निकाल्दै भारतले ३ खेलको सिरिजमा २–० ले कब्जा जमाएको छ । यो जितसँगै भारतले यो खेलमा पाँच रेकर्ड बनाएको छ ।

    जबकि पहिलो खेलमा १० रेकर्ड बनेका थिए । खेलमा घरेलु टोलीले टस जितेर पहिले ब्याटिङ गर्दै ९ विकेटको नोक्सानीमा २७५ रन बनायो । चरिथ असलंकाले ६५ तथा ओपनर खेलाडी अभिश्क फर्नान्डोले ५० रन बनाए । भुवनेश्वर कुमार र युजभेन्द्र चहलले ३–३ तथा दीपक चहरले २ विकेट लिए ।

    जवाफमा भारतले ४९.१ ओभरमा ७ विकेटको नोक्सानीमा २७७ रन बनायो । आठौं नम्बरमा आएका दीपक चहरले अलराउन्ड खेल्दै ८२ बलमा नटआउट ६९ रन बनाए भने भुवनेश्वर कुमारले २८ बलमा नटआउट १९ रन बनाए । सूर्यकुमार यादवले डेब्यु सिरिजमै लगातार दोस्रो अर्धशतक बनाउने क्रममा ५३ रन बनाए ।

    यो खेलमा विभिन्न ६ रेकर्ड बनेका छन्  : 

    १, भारतले श्रीलंकाविरुद्ध लगातार १० जितको रेकर्ड बनाएको छ । विश्वका अन्य कुनै पनि देशले लगातार १० जित निकालेका छैनन् । दक्षिण अफ्रिकाले लगातार ४ जित निकालेको छ ।

    २, भारतले श्रीलंकाविरुद्ध लगातार नौ सिरिज जित निकालेको छ । एक दिवसीयमा अन्य कुनै पनि देशले श्रीलंकाविरुद्ध यो सफलता हासिल गर्न सकेका छैनन् । पाकिस्तानले सात सिरिजमा श्रीलंकालाई हराएको छ ।

    ३, शीर्ष तीन ब्याट्सम्यान जसले ५० रन बनाएनन् र पनि जित्यो टिम । शीर्ष तीन खेलाडी पृथ्वी शाले १३, कप्तान शिखर धवनले २९ तथा ईशान किशनले १ रन बनाए पनि जित्यो टिमले । सन् २०१५ मा जिम्बावे विरुद्धको अकल्याण्डमा भएको खेलपछि भारतले यो रेकर्ड राखेको हो ।

    ४, नम्बर ८ मा आएर श्रीलंकाविरुद्ध सबैभन्दा बढी रन बनाएर दीपक चहरले रेकर्ड राखे । यसअघि सन् २००९ मा रविन्द्र जडेजाले ६० रन बनाएका थिए ।  विश्व रेकर्ड भने इङल्याण्डका क्रिस वोक्सको नाममा सन् २०१६ मा नटआउट ९५ रनको रेकर्ड छ ।

    ५, भारतले श्रीलंकाविरुद्ध ९३ एक दिवसीय जितेर रेकर्ड राखेको छ । यसअघि पाकिस्तानको नाममा ९२ जितको रेकर्ड थियो ।

    ६, सफल रन पछ्याउनेमा ८ नम्बर ब्याट्सम्यान चहरले रेकर्ड राखेका छन् । उनले अजित अगरकरको रेकर्ड तोडेका हुन् । अगरकरले सन् २००० मा जिम्बावेविरुद्ध ६७ रन बनाएर भरातलाई जिताएका थिए ।

    ७, सूर्यकुमार यादवले डेब्यु सिरिजको लगातार दोस्रो खेलमा अर्धशतक (५३) बनाएर रेकर्ड बनाएका छन् । उनले पहिलो खेलमा पनि अर्धशतक बनाएका थिए ।

    बुधवार, श्रावण ६ २०७८१०:१०:५२

    डेमो खबर डेस्क

    सम्बन्धित समाचार