Logo

शनिवार, श्रावण १६ २०७८Jul 31 2021

images

क्रियाशील सदस्यता विवाद : 'सांसद अमरेशले राजीनामा दिए'

क्रियाशील सदस्यता विवाद : 'सांसद अमरेशले राजीनामा दिए'

बुधवार, श्रावण ६ २०७८

  • 661
    SHARES

  • क्रियाशील सदस्यता विवाद :  'सांसद अमरेशले राजीनामा दिए'

    काठमाडौं, साउन । क्रियाशील सदस्यता वितरणमा धाँधली भएको भन्दै कांग्रेस भित्र किचलो बढेको छ । कांग्रेस सांसद अमरेशकुमार सिंहले सदस्यता वितरणमा मनोमानी भएको र पार्टी नेतृत्वले चासो नदेखाएको भन्दै सांसद पदबाट नै राजीनामा दिने तयारी गरेका छन् ।

    उनले प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवालाई अहिले ६ बजे वालुवाटारमा भेट गरी राजीनामा  दिए ।

    ‘पार्टीमा मनोमानी हाबी भयो, विधि, नीति, निर्देशिका सबै पाखा लगाइयो, दुःख गर्ने कार्यकर्तालाई पाखा लगाएर कार्यकर्ता भर्ती गर्ने काम सहन सकिएन, मैले राजीनामा दिँदै छु, अब म सामान्य कार्यकर्ता भएर देशभरका साथीहरू माझ पुग्छु,’ कांग्रेस नेता अमरेशकुमार सिंहले भने । उनको गृह जिल्ला सर्लाही हो ।

    त्यहाँ क्रियाशील सदस्यतामा मनोमानी भएको भन्दै जिल्ला सभापतिसहित चारवटै निर्वाचन क्षेत्रका प्रतिनिधिहरूले आपत्ति जनाउँदै आइरहेका छन् ।

    यस्तै सर्लाही क्षेत्र नम्बर ४ बसबरिया गाउँपालकिा १ का रामगोवन्दि रायले बुधवारबाटै पार्टी केन्द्रीय कार्यालय सानेपामा आमरण अनसनसमेत शुरु गरिसकेका छन् ।

    बुधवार, श्रावण ६ २०७८१०:०४:४६

    डेमो खबर

    सम्बन्धित समाचार