Logo

शनिवार, श्रावण १६ २०७८Jul 31 2021

images

पछिल्लो २४ घण्टा : थप २ हजार ८३८ संक्रमण, ३० को मृत्यु

पछिल्लो २४ घण्टा : थप २ हजार ८३८ संक्रमण, ३० को मृत्यु

बुधवार, श्रावण ६ २०७८

  • 841
    SHARES

  • पछिल्लो २४ घण्टा : थप २ हजार ८३८ संक्रमण, ३० को मृत्यु

    काठमाडौं, साउन। पछिल्लो २४ घण्टामा देशभर १२ हजार ६१६ जनाको नमुना परीक्षण गर्दा २ हजार ८३८ जनामा कोरोनाभाइरस संक्रमण भएको छ ।

    बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समीर कुमार अधिकारीले सो जानकारी दिएका हुन् । 

    उनले सोही अवधिमा १ हजार ४१५ जना कोरोना संक्रमणमुक्त भएका छन् भने ३० जनाको मृत्यु भएको छ । काठमाडौंमा ४९०, ललितपुरमा १२८ र भक्तपुरमा ७९ जना गरी ६९७ जनामा संक्रमण पुष्टि भएको उनले बताए । 

    हाल देशका १२ जिल्लामा ५०० बढी सक्रिय संक्रमित रहेका छन् । 
    हाल देशभर संक्रमणबाट ९ हजार ६३७ जनाको मृत्यु भइसकेको छ  भने कुल संक्रमितमध्ये ६ लाख ३६ हजार ४०२ जना निको भएका छन् ।  हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या ७ लाख २४ हजार ४५५ जना पुगेको छ । 

     

    बुधवार, श्रावण ६ २०७८०५:५७:१५

    डेमो खबर

    सम्बन्धित समाचार