Logo

शनिवार, श्रावण १६ २०७८Jul 31 2021

images

जोनसन एण्ड जोनसनको खोप: काठमाडौंमा आजदेखि १८ वर्ष माथिकालाई दिइँदै

जोनसन एण्ड जोनसनको खोप: काठमाडौंमा आजदेखि १८ वर्ष माथिकालाई दिइँदै

बुधवार, श्रावण ६ २०७८

  • 837
    SHARES

  • जोनसन एण्ड जोनसनको खोप: काठमाडौंमा आजदेखि १८ वर्ष माथिकालाई दिइँदै

    काठमाडौं, साउन । आज देखि १८ वर्ष माथि उमेर समूहका मानिसलाई पनि कोरोना भाइरसविरूद्धको जोनसन एण्ड जोनसनको खोप दिन थालिएको छ।

    काठमाडौं प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले प्राप्त भएको १ लाख ४० हजार डोज तोकिएका व्यक्तिलाई लगाइएको र केही खोप बाँकी रहेकाले आजदेखि १८ वर्ष माथिका उमेर समूहका मानिसलाई खोप दिन थालिएको जानकारी दिए।

    सरकारले जोनसन एण्ड जोनसनको खोप ५० देखि ५४ वर्षका मानिस, अपांगता भएका व्यक्ति, जोनसन खोप अनिवार्य गरिएका मुलुक जाने व्यक्ति र शरणार्थीलाई लगाउन सुरू गरेको हो।

    प्रमुख पराजुलीले अब बाँकी रहेको खोप १८ वर्ष माथिका उमेर समूहका व्यक्तिले साविककै खोप केन्द्रहरूबाट लगाउन सक्ने बताए।
    अहिले देशभर धमाधम खोप अभियान चलिरहेको छ। आजै राति मात्र नेपाल एयरलाइन्सको जहाज थप १० लाख डोज खोप लिन चीनको बेइजिङ जाँदैछ।

    खोप लिएर जहाज भोलि बिहान नेपाल आइपुग्ने तालिका छ। लगत्तै भोलि साँझ अर्को १० लाख डोज खोप लिन जहाज बेइजिङ नै जाँदैछ।

     

    बुधवार, श्रावण ६ २०७८०५:३५:१८

    डेमो खबर

    सम्बन्धित समाचार