Logo

शनिवार, श्रावण १६ २०७८Jul 31 2021

images

बगदादमा बम विष्फोट, २५ को मृत्यु, दर्जनौं घाइते

बगदादमा बम विष्फोट, २५ को मृत्यु, दर्जनौं घाइते

मंगलवार, श्रावण ५ २०७८

  • 877
    SHARES

  • बगदादमा बम विष्फोट, २५ को मृत्यु, दर्जनौं घाइते

    काठमाडौं, साउन । ईराकको राजधानी बगदादमा भएको बम विस्फोटमा कम्तीमा २५ जनाको मृत्यु भएको छ ।

    दर्जनौँ घाइते भएका छन् । विष्फोट एक व्यस्त बजारमा भएको सुरक्षा स्रोतहरूको प्रयोग गर्दै बीबीसीले उल्लेख गरेको छ । 
    सर्वसाधारणले मङ्गलवार मुस्लिम पर्व इदको तयारी गरिरहँदा उत्तरी साड शहर क्षेत्रमा विस्फोट भएको हो । यो विष्फोट पछिल्लो छ महिनामा त्यहाँ भएको सबैभन्दा घातक हो ।

    सोमबारको आक्रमणमा मारिनेहरूमा महिला र बालबालिका पनि थिए। केही पसलहरूमा आगलागी भएको बताइएको छ । 
    उक्त विष्फोटको जिम्मा इस्लामिक स्टेट ९आईएस० समूहले लिएको छ । इराकी सरकारले सन् २०१७ को अन्त्यमा सुन्नी मुस्लिम जिहादी समूहमाथि विजयी भएको घोषणा गरेको थियो । 
    तर पनि आईएसले निरन्तर आक्रमण गरिरहेको छ । 

     

    मंगलवार, श्रावण ५ २०७८१०:४२:४८

    डेमो खबर

    सम्बन्धित समाचार