images
Logo

मंगलवार, कार्तिक ९ २०७८Oct 26 2021

images

"नकाब" धारीहरुबाट सावधान !!

"नकाब" धारीहरुबाट सावधान !!

बिहिवार, आषाढ २४ २०७८

  • 3.5K
    SHARES

  • "नकाब" धारीहरुबाट सावधान !!
    अस्मिता भण्डारी 
     
    बिरोधीहरु त बिराेधी भइगए
    तर, आफ्ना जस्ता देखिने
    'नकाब' धारीहरुबाट
    साबधान हुने बेला आएकाे छ!
    अहिले देश दुखेको पीडाकाे बेला
    नकाबधारीहरु
    आफ्नो असली भूमिकामा
    प्रकट हुदैछन् ।
    माटाेकाे माया गर्नेहरु ,
    अन्यायका बिरुद्ध लड्नेहरु
    परिवर्तनकालागि मसाल बाेक्नेहरु
    एकै माेर्चामा गाेलबन्द भएर शंखघाेष गराैं!!
    अन्यायका विरुद्ध समानता र प्राप्तिका लागि
    एकजुट हाेओेै !!
    नकाबधारीहरुकाे नकाब उतार्ने बेला आएको छ !!
    भाषा ,संस्कृति र धर्मका बिरुद्ध लाग्नेहरु
    जात भूगोल र पानीमा रंगीन चित्र काेर्नेहरु
    आफन्तकै छातीमा गाेली ठाेकेर
    मानवअधिकारकाे रटान छेड्नेहरुसँग साबधान!!
    चिनेर दुश्मनका पदचापहरु
    सावधान !!
    बिरोधीहरु त बिराेधी भइगए
    तर, आफ्ना जस्ता देखिने
    'नकाब' धारीहरुबाट
    साबधान हुने बेला आएकाे छ!
    सावधान !!

    बिहिवार, आषाढ २४ २०७८०८:०५:२३

    डेमो खबर डेस्क

    सम्बन्धित समाचार