images
Logo

सोमवार, आश्विन ४ २०७८Sep 20 2021

images

विपद् र उद्धार: "जनधनको क्षति "

विपद् र उद्धार: "जनधनको क्षति "

आइतवार, आषाढ ६ २०७८

  • 2.8K
    SHARES

  • विपद् र उद्धार:  "जनधनको क्षति "

     

    नसुन शुरु भएसँगै असारको पहिलो दिन मङ्गलबारदेखिको वर्षाका कारण आएको बाढी, पहिरोबाट सिन्धुपाल्चोक, मनाङ, लमजुङ, पाल्पा, स्याङ्जा, बाजुरा, गोरखा, अर्घाखाँची, प्यूठान, कास्की, पर्वत, म्याग्दी, डोटी बढी प्रभावित भए । तीमध्ये सिन्धुपाल्चोक, मनाङ र लमजुङका सार्वजनिक संरचना, व्यक्तिगत आवास तथा प्राकृतिक सम्पदामा व्यापक क्षति पुगेको छ । 

    वर्षाभर जनधनको क्षति बढ्न सक्नेछ । अहिल्यै बाढी पहिरोले विभिन्न जिल्लामा ८९ घर पूर्ण र २६ घर आंशिक क्षतिग्रस्त भएका छन् । नेपालमा १० जुनदेखि २३ सेप्टेम्बरसम्मको मनसुनी अवधि बाढी पहिरोको दृष्टिले चुनौतीपूर्ण मानिन्छ । नेपाल प्रवेश गरेको करिब दश दिनपछि मात्र सक्रिय हुने मनसुनले यो वर्ष केही चाँडै बाढी पहिरोका अप्रत्याशित दुस्परिणाम निम्त्याएको छ । मौसमविद्व्ले पूर्वानुमान गर्दै यस वर्ष धेरै वर्षा र क्षति हुनसक्ने बताएका थिए ।
    अप्रत्याशित विपद्पछि प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को बैठकले पीडितको उद्धार तथा पुनस्र्थापनाका लागि सम्बद्ध पक्षलाई निर्देशन दिएको छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिको बैठकले पनि बाढी पहिरोबाट बेपत्ताको खोजी, उद्धार र राहतमा सबै संयन्त्रलाई परिचालन हुन आग्रह गरेको छ ।

    यसअघि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासीको सहयोगमा सिन्धुपाल्चोकमा ४६ र दाङमा चार जनाको सकुशल उद्धार गरिएको छ । सिन्धुपाल्चोकको बाढीले घरमा फसेका छ जनाको नेपाली सेनाद्वारा हेलिकप्टरमार्फत उद्धार गरी उपचार हुँदैछ । विभिन्न जिल्लामा उद्धार कार्यलाई तीव्रता दिइएको छ । प्राकृतिक प्रकोप मानव नियन्त्रणमा हुँदैन तर प्रकोप न्यूनीकरण गर्दै यसका दुष्परिणाम घटाउन सकिन्छ । घटाउँदै आएका पनि छन् । विपद् आउन नदिनु पहिलो वुद्धिमत्ता हो तापनि घटना भइसकेपछि उद्धार, राहत, पुनस्र्थापना र जीविकोपार्जनमा ध्यान जानु स्वाभाविक र अपेक्षित हुन्छ ।
    कतिपय बाढी, पहिरो, डुबानमा मानवीय गतिविधि निर्णायक कारण भएका छन् । अवैज्ञानिक सडक, असीमित नदी दोहन, निर्मम पहाड उत्खनन्जस्ता कारण पछिल्ला वर्ष अस्वाभाविक विपद् देखिएका छन् । अपत्यारिला ठाउँ पनि डुबानमा परेका छन् । तराई–मधेसका सुरक्षित मानिएका कतिपय सहर बस्ती सीमा क्षेत्रमा भारतले बनाएका उच्च सडकले डुबानमा पर्ने गरेका छन् । जमिनमुनिको पानीको सतह घटेर हिउँदमा तराई मधेस क्षेत्रमा खानेपानीको हाहाकार र आगलागीजस्ता समस्या दोहरिन थालेका छन् ।

    खरका छाना विस्थापित गर्न सङ्घीय तथा प्रदेश सरकारले अभियान नै थालेपछि आगलागीका घटना घट्ने विश्वास गरिएको छ । कतिपय विपद् मानवीय कारणले निम्तिएकाले मानव र उसको समुदायको सत्प्रयासले मात्र यस्ता विपद् न्यूनीकरण गर्न सकिनेछ । खासगरी पहाडमा बनाइने भौतिक संरचना, नदी, खोला तथा पानीका स्रोतको निर्वाध निकास, मौसम पूर्वानूमानअनुसारका होसियारीबाट यस्ता विपद्का दुष्परिणाम कम गर्न सकिनेछ ।
    सरकारले विपद्पछि उद्धार र राहतमा पहल गर्दै आएको छ तर विपद् नै नआउने गरी विकास निर्माणका कार्य सञ्चालनमा पहिलो ध्यान जानुपर्ने हुन्छ । विपद्जस्तो अप्रत्याशित घटनाको रोकथामदेखि घटनापछिको उद्धार, राहत, पुनस्र्थापनामा सरकार मात्र नभएर नागरिकहरू पनि उत्तिकै सचेत हुनुपर्नेछ ।

    अव्यवस्थित बसोवास, अवैज्ञानिक सहरीकरण, प्राकृतिक स्रोतको अधिक दोहनले यस्ता चुनौती आउने भएकाले अबका योजना तथा विकासलाई वातावरण अनुकूल बनाउनु पर्ने आवश्यकता थप टड्कारो बनेको छ । कतिपय स्थानमा नदी किनारामै घर बनाएर बस्नेजस्ता प्रवृत्तिले पनि नदी निकासमा व्यवधान भई डुबान हुने गरेको छ ।

    काठमाडौँ उपत्यकाका बागमती र विष्णुमती, मनोहरा तथा यिनका सहायक नदी, खोलाको बही साँगुरो पारेर अनधिकृत बस्ती बसाउने, अतिक्रमण गरी जलप्रवाह नियन्त्रित गरिएकाले विगत केही वर्षदेखि कतिपय स्थानमा डुबानका अनपेक्षित समस्या आएका छन् । यस्ता समस्या निराकण गर्न विपद्पछिको सक्रियताभन्दा विपद्पूर्वका योजना, तयारी तथा सक्रियता आवश्यक हुन्छ ।

    आइतवार, आषाढ ६ २०७८१२:१९:५९

    डेमो खबर डेस्क

    सम्बन्धित समाचार