Logo

शनिवार, श्रावण १६ २०७८Jul 31 2021

images

नेपाल समूह निकट युवा संघले भन्याे : 'पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई एक पद छाड्न माग '

नेपाल समूह निकट युवा संघले भन्याे : 'पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई एक पद छाड्न माग '

मंगलवार, आषाढ १ २०७८

  • 1.4K
    SHARES

  • नेपाल समूह निकट युवा संघले भन्याे :   'पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई एक पद छाड्न माग '

    काठमाडौं, असार । नेकपा एमालेका नेता माधवकुमार नेपाल समूह निकट युवा संघ बागमती प्रदेश कमिटीले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक पद छाड्न माग गरेका छन् ।

    मंगलबार वक्तव्य जारी गर्दै अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद छाड्न आग्रह गरेका हुन् । पार्टीमा ‘एक व्यक्ति एक पद’ कायम गर्न एक पद छोड्न माग गरिएको वक्तव्यमा उल्लेख छ ।

    ‘एक व्यक्ति, एक पदलाई कायम गर्ने गरी अध्यक्ष तथा प्रधानमन्त्री कमरेड केपी ओलीलाई अध्यक्ष वा प्रधानमन्त्री कुनै एक पदबाट राजीनामा दिएर पार्टी एकताको पक्षमा उभिन र आम कार्यकर्तामा पार्टी एकताको सन्देश प्रवाह गर्नको लागि जोडदार माग गर्दछौं,’ वक्तव्यमा उल्लेख छ ।

    अदालतको फैसला अनुसार २०७५ जेठ २ गतेको पार्टी कमिटीलाई क्रियाशील बनाउन माग गरिएको वक्तव्यमा संसद विघटनको निर्णय गलत भएको स्वीकार्नसमेत आग्रह गरिएको छ ।

     

    हेर्नुहोस् प्रेस वक्तव्य

     

    मंगलवार, आषाढ १ २०७८०९:१५:५५

    डेमो खबर

    सम्बन्धित समाचार