Logo

शनिवार, श्रावण १६ २०७८Jul 31 2021

images

मनाङ : चामेबजारमा बाढी पसेपछि एकसय घर विस्थापित

मनाङ : चामेबजारमा बाढी पसेपछि एकसय घर विस्थापित

मंगलवार, आषाढ १ २०७८

  • 1.5K
    SHARES

  • मनाङ :  चामेबजारमा बाढी पसेपछि  एकसय घर विस्थापित

    लमजुङ, असार । अविरल वर्षापछिको बाढीले हिमाली जिल्ला मनाङको एक सयभन्दा बढी घर विस्थापित भएका छन् । सोमबारदेखि निरन्तर परेको अविरल वर्षापछि आएको बाढीले सदरमुकाम चामेबजारका करिब ६० घर र नासों गाउँपालिका १ तालगाउँका ४८ घर विस्थापित भएका हुन् ।

    चामेबजार तल रहेको मर्स्याङ्दी नदीमा पानीको बहाव बढेर आएको बाढीले बजारका करिव तीनसय नागरिकलाई मनाङको नवनिर्मित भवनमा सारिएको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए । उनका अनुसार मर्स्याङ्दी नदी नजिक भएका र बाढी पसेका घरका नागरिकलाई सारिएको हो । ‘सोमबारदेखि ठूलो पानी प¥यो ।

    मंगलबार बिहान बस्तीमै बाढी पस्यो । अधिकांश घर जोखिममा प¥यो । बजारपारीको तातोपानी कुण्ड क्षेत्रको ५ वटा घर पूर्णरुपमा डुबानमा छ’ उहाँले भन्नुभयो, ‘पानी परिरहेकाले झन् जोखिम बढ्ने भएकाले सुरक्षित ठाउँमा राखेका छौं ।’ चामेबजार पारीको ५ घर डुबानमा परेको छ । यस्तै, नासों गाउँपालिका १ को तालगाउँका ४८ घरनै डुबानमा परेको छ । २५ घरको पहिलो तल्लासम्म पानी परेको छ । अन्य घरमा पनि पानी पसेको स्थानीयले बताएका छन् ।

    स्थानीयलाई सुरक्षित ठाउँमा सारिएको छ । उनीहरु स्थानीय सिरानताल, म्यार्दीतिर गएर बसेका छन् । मर्स्याङ्दी नदीमा पानीको बहाव बढ्दै जाँदा पानी थुनिएर बस्तीमाथि डुबाउँदै आएको छ । नागरिकको उद्धारका लागि प्रहरी, सेना खटिएका छन् । उनीहरुले स्थानीयलाई सुरक्षित ठाउँमा लैजाने काम र सामान ओसार्ने काम गर्दै आएका छन् ।

    स्थानीयका अनुसार गाउँसँगै विद्यालय र वडा कार्यालय पनि डुबानमा परेको छ । बाढीका कारण विजुलीका पोलहरु ढलेको छ । बिजुली अवरुद्ध भएको छ । टेलिफोनमा पनि समस्या आएको प्रशासनले जनाएको छ । वर्षाले चामे गाउँपालिका १, तिमाङ खोलाको बेलिब्रिज बगाएको छ । सोमबार साँझदेखि परेको भीषण वर्षाले तिमाङखोलामै रहेको ३२ किलोवाटको स्याल्क्युखोला लघु जलविद्युत पनि बगाएको स्थानीयले बताएका छन् ।

    मंगलवार, आषाढ १ २०७८०८:०२:४७

    डेमो खबर

    सम्बन्धित समाचार