Logo

शनिवार, श्रावण १६ २०७८Jul 31 2021

images

निषेधाज्ञा : 'देशका १७ जिल्लामा असार ७ सम्म जारी'

निषेधाज्ञा : 'देशका १७ जिल्लामा असार ७ सम्म जारी'

मंगलवार, आषाढ १ २०७८

  • 1.7K
    SHARES

  • निषेधाज्ञा  :   'देशका १७ जिल्लामा असार ७ सम्म   जारी'

    काठमाडौँ, असार । कोरोना (कोभिड–१९) नियन्त्रणका लागि काठमाडौँ उपत्यकाका तीनसमेत देशका १७ जिल्लामा जारी निषेधाज्ञा असार ७ गतेसम्मका लागि विस्तार गरिएको छ ।

    कतिपय जिल्लामा उपत्यकाको तुलनामा धेरै सेवामा खुकुलो बनाइएको छ । थपिएका १७ बाहेक कतिपय जिल्लामा यसअघि लगाइएको निषेधाज्ञाको समयसीमा असारसम्मै कायम छ । ती १७ जिल्लामा भने जेठ मसान्तको राति १२ बजे निषेधाज्ञाको समय सकिएपछि खुकुलो प्रावधानसहित नयाँ व्यवस्था गरिएको हो ।

    गृह मन्त्रालयका अनुसार काठमाडौँ, ललितपुर र भक्तपुरका साथै बागलुङ, डडेलधुरा, उदयपुर, कालीकोट, स्याङ्जा, कपिलवस्तु, ताप्लेजुङ, पूर्वी नवलपरासी, तनहुँ, बारा, इलाम, अछाम, पाँचथर र मुस्ताङमा असार ७ सम्मका लागि निषेधाज्ञा लम्ब्याइएको छ ।

    सरकारले कोभिड–१९ सङ्क्रमण महामारी रोकथाम तथा नियन्त्रण व्यवस्थापनका लागि काठमाडौँ उपत्यकालगायत तराईका जिल्लामा पाँच सय र पहाडी जिल्लामा दुईसय सङ्क्रमित फेला परेमा निषेधाज्ञा जारी गर्न निर्देशन दिएको थियो । सोही निर्देशनअनुसार ७७ जिल्लामध्ये ७५ जिल्लामा वैशाख १३ बाट क्रमशः निषेधाज्ञा जारी गरिएको हो ।

    गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले काठमाडौँ उपत्यकाको मोडालिटीमा अन्य जिल्लामा पनि निषेधाज्ञा थप गरी विस्तारै खुकुलो पार्ने कार्य भइरहेको जानकारी गराएका छन । केही पहाडी जिल्लामा खाद्य तथा किराना र कपडा पसल साँझ र बिहान खोल्न, विकास–निर्माण तथा भवन निमार्ण कार्य नियमित सुचारु गर्न निर्देशन दिइएको छ ।

    अधिकांश जिल्लामा रोपाइँ सुरु भएकाले कृषिजन्य वस्तु तथा सामग्री आपूर्तिमा सहजीकरण गरिएको छ । दार्चुलामा असार १०, पर्सामा ६, गोरखामा ५, चितवनमा ३, रामेछाप २, हुम्ला २, धनकुटा ३ र भोजपुरमा २ गतेसम्म यसअघि लगाइएको निषेधाज्ञा कायमै छ । ती जिल्लामा पनि एक साता थपेर निषेधाज्ञा लम्ब्याएर सार्वजनिक सेवा खुकुलो बनाइने योजना छ ।

    धेरैजसो जिल्लामा कोरोना सङ्क्रमणको जोखिम घटेको छैन । उच्च ज्वरो, श्वासप्रश्वासलगायत स्वास्थ्यमा समस्या देखिएका बिरामी मात्र पीसीआर परीक्षणका लागि अस्पताल आउने गरेका छन् । जिल्ला प्रशासन कार्यालय सुर्खेतका अनुसार घरदैलोसम्म पुगेर कसैको परीक्षण गरिएको छैन ।

    मंगलवार, आषाढ १ २०७८०२:४०:३४

    डेमो खबर

    सम्बन्धित समाचार