images
Logo

मंगलवार, कार्तिक ९ २०७८Oct 26 2021

images

युगकवि सिद्धिचरणको ११० औं जन्मजयन्ती : 'कोरोनाले सम्झना मात्र गरियो'

युगकवि सिद्धिचरणको ११० औं जन्मजयन्ती : 'कोरोनाले सम्झना मात्र गरियो'

सोमवार, जेठ १० २०७८

  • 4.6K
    SHARES

  • युगकवि सिद्धिचरणको ११० औं जन्मजयन्ती : 'कोरोनाले सम्झना मात्र गरियो'


    आखलढुङगा, जेठ  ।  यस बर्षको जेठ ९, युगकवि सिद्धिचरण श्रेष्ठको ११० औं जन्म जयन्ती  । उनको जन्म भूमि ओखलढुङगामा कुनै पनि औपचारिक कार्यक्रम नभए पनि सामाजिक सञ्जालमा सम्झना गरी मनाइँदै छ । 
    पूर्वी नेपालको सगरमाथा अञ्चल अन्तर्गत ओखलढुङगा जिल्लाका तत्कालीन मालअड्डाका हाकिम (खरिदार) तथा सुमति उपन्यासका लेखक बुबा विष्णुचरण श्रेष्ठ र आमा नीरकुमारीका एक मात्र छोराका रूपमा उहाँको जन्म ओखलढुंगा बजारमा वि.सं १९६९ जेठ ९ मा भएको थियो ।
    नेपाली साहित्यमा युगकवि सिद्धिचरण श्रेष्ठको विशिष्ट स्थान छ । नेपाली साहित्य जगत्का सुविख्यात कविमध्ये सिद्धिचरण एक हुन् । उनका कविता शिल्पको अन्तिम खोज मानव हो । उनका कवितामा विश्वको व्यथा छ, निजी मर्मस्पर्शिता छ, समाज सुधार्ने सामथ्र्य छ । उनका कविता देशप्रेमले भरिएको छ । 
    कवितामा जति प्रकृतिको उपासना र आराधना पाइन्छ, त्यति नै राजनीतिक चेतना र वेदनाको सहज धारा–प्रवाह जीवन्त छ । उनको कवितामा विरोधाभाष छैन सामाञ्जस्य छ । प्रकृतिको अत्यन्त सरल चित्रण गर्नु तथा समाजलाई उठ्ने चेतना दिनु उनको लेखनको शैली रहेको थियो । 
    स्वच्छन्दता वादी काव्यधारका प्रवर्तक सिद्धिचरण श्रेष्ठ नेपाली साहित्यमा युगकवि र नेपाल भाषामा कविरत्नका रुपमा चिनिनुहुन्छ । युगकवि श्रेष्ठले कविता, गीत, खण्डकाव्य, नाटक, पद्यनाटक, कथा, निबन्ध, समालोचना, यात्रा संस्मरणलगायतका विधामा कलम चलाउनु भएको थियो । उहाँको ‘मेरो प्यारो ओखलढुङ्गा’, ‘निर्झर’, ‘भीमसेन थापा’, ‘जूनकीरी’ लगायतका रचना चर्चामा रहेका छन् ।    
    कविता सङ्ग्रह ‘मेरो प्रतिबिम्ब’, ‘कोपिला’, ‘कुहिरो र घाम’ लगायत, खण्डकाव्य ‘उर्वशी’, ‘ज्यानमारा शैल’, ‘आँशु’ लगायतका कृति रहेका छन् ।
    नेपाली साहित्य समाजमा जनचेतना र जागरणको उजागर गर्ने सिद्धिचरण प्रकृति कवि, मानवतावादी कवि प्रगतिचिन्तन कवि, रोमान्टिक कवि, सामाजिक यथार्थवादी तथा युगकविका रूपमा अमर अजर रहनुभएको छ । 
    नेपाली काव्य साधनामा नवीन आयाम र चमत्कारी शैली शिल्पका धरोहर युगकविको योगदान उनको समकालीनभन्दा धेरै पृथक छ । मानव मात्राका लागि बन्दनीय व्यक्तित्व सिद्धिचरणले आधुनिक नेपाली भाषा साहित्यको प्रवद्र्धनमा ऐतिहासिक योगदान पु¥याउनु भएको छ ।
    कवितात्मक शैलीमा युगकवि सिद्धिचरण युगको आवश्यकता हुनुहुन्थ्यो । नेपाली साहित्यमा नयाँ चेतनाको गन्तव्य देखाउने सिद्धिचरण जस्ले आफ्नो सर्वश्व त्याग्नु भयो, तर साहित्य त्याग गर्न सक्नुभएन । 
    उहाँको अत्यन्तै लोकप्रिय र कर्णप्रिय गीति कविता मेरो प्यारो ओखलढुंगा कालजयी सिर्जना हो । नेपाली शोककाव्य जगतमा कविवर माधवप्रसाद घिमिरेको कालजयी सिर्जना गौरीको जुन स्थान छ, स्थान परिचय र देशभक्तिको भावनामा युगकवि सिद्धिचरणको मेरो प्यारो ओखलढुंगा सिर्जनाको त्यही स्थान छ ।
    वि.सं. १९६९ जेठ ९ गते ओखलढुंगा सदरमुकाममा जन्मेका सिद्धिचरणले संवत् १९९० सालमा भुइँचालो कविता लेखनबाट आफ्नो साहित्यिक यात्रा आरम्भ गरेका हुन् । राष्ट्र, राष्ट्रियता एवं जन्मभूमिप्रतिको स्नेहपूर्ण भक्तिभाव उजागर गर्न उनको चम्कन युवक चम्क कविताले राष्ट्रबोधको बारेमा राम्रो सन्देश–प्रवाह गरेको छ ।
    कहिले हुलाक टिकट त कहिले सालिकमा सिद्धिचरण मुस्काइरहेको ओखलढुंगा लगायत नेपालका धेरै ठाँउमा पाइन्छ, ओखलढुङगाको गाम्नाटारमा उनको नाममा क्याम्पस तथा उच्च मावि रहेको छ ।  
    यूगलाई कवितामार्फत संबोधन गरेका यूगकविको मृत्यू भने बि सं २०४९ सालमा भएको हो । हरेक वर्ष जेष्ठ महिनाको ९ गते यिनै कविको जयन्ती मनाइन्छ, तर कोरोना संक्रमणको  महामारीमा योवर्ष जिल्लामा कुनै औपचारीक कार्यक्रम नगरिए पनि पनि कवि श्रेष्ठलाई संझना गरिएको छ । 

    सोमवार, जेठ १० २०७८०९:२५:२७

    डेमो खबर

    सम्बन्धित समाचार