२०८३, मंसिर ३ गते

बुधवार, मंसिर ३ गते २०८३

सुन-चाँदीको मूल्य फेरि बढ्यो : ' तोलाको बजार भाउ के छ त ? '

सोमवार , कार्तिक २४, २०८३

 

काठमाडौं, कात्तिक ।

नेपाली बजारमा सोमबार सुन-चाँदीको मूल्य वृद्धि भएको छ। आइतबारको तुलनामा सुनको मूल्य १ हजार ३२० रुपैयाँ र चाँदीको मूल्य ४५ रुपैयाँले वृद्धि भएको हो।

नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला सुनको २ लाख ८४ हजार ३०० कायम भएको छ। अघिल्लो दिन आइतबार प्रतितोला सुनको भाउ २ लाख ८३ हजार कायम भएको थियो।

महासंघका अनुसार चाँदी प्रतितोला ३ हजार ८५५ रुपैयाँ कायम भएको छ। आइतबार सोही परिमाणको चाँदीको मूल्य ३ हजार ८१० रुपैयाँ पुगेको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार