२०८३, आश्विन २६ गते

सोमवार, आश्विन २६ गते २०८३

कांग्रेस १५ औँ महाधिवेशन

डडेल्धुरा कांग्रेस : ' नैनसिंह महरलाई महामन्त्रीमा अघि बढाउने '

शनिवार , आश्विन १०, २०८३

 

डडेल्धुरा, असोज ।

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा नेता नैनसिंह महरलाई महामन्त्री पदको उम्मेदवारका रूपमा अघि बढाउन डडेल्धुरा कांग्रेसको अधिवेशनले सर्वसम्मत निर्णय गरेको छ।

डडेल्धुरा कांग्रेसको अधिवेशनबाट पारित निर्णयमार्फत देश तथा विदेशबाट अधिवेशनमा सहभागी हुने सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूलाई महरलाई महामन्त्री पदको उम्मेदवारका रूपमा अघि बढाउँदै उहाँको पक्षमा उभिन अपिल गरिएको छ।

अधिवेशनबाट पारित अपिलमा महरलाई इतिहासको सम्मान गर्दै भविष्यको जिम्मेवारी बहन गर्न सक्ने नेतृत्वका रूपमा प्रस्तुत गरिएको छ।

संगठनलाई व्यक्ति र गुटभन्दा माथि उठाएर संस्थागत बनाउने तथा बदलिँदो राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति अनुसार कांग्रेसलाई नयाँ सोच, नयाँ कार्यशैली र नयाँ राजनीतिक संस्कारसहित अघि बढाउनुपर्ने आवश्यकतासमेत औंल्याइएको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार