२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

' ग्रिनल्यान्ड' बारे चर्चा

ट्रम्पले भने : सहज बाटोबाट सहमति - ' नभए कठोर कदम ! '

शनिवार , पौष २६, २०८२

 

एजेन्सी, पुस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार ग्रिनल्यान्डलाई फेरि एकपटक चेतावनी दिएका छन् । म ग्रिनल्यान्डमा केह गर्न गइरहेको छु । चाहे उनीहरुलाई मन परोस् वा नपरोस्, शुक्रबार ह्वाइट हाउसमा आयोजित कार्यक्रममा उनले भने । यदी हामीले गरेनां भने रुस वा चीनले ग्रिनल्यान्ड लिनेछन्, उनले थपे ।

उनले ग्रिनल्यान्डलाई चीन र रुसका सैनिक पानीजहाजहरुले घेरेको पनि बताए । अमेरिकी सञ्चारमाध्यम न्युयोर्क टाइम्सले ट्रम्पको यो दाबी झुठो रहेको उल्लेख गरेको छ ।

रुस र चीन आर्कटिक घेरामा सक्रिय छन् । तर, ग्रिनल्यान्डमा सैन्य जहाज पठाएका छैनन् । ग्रिनल्यान्डमा अमेरिकाको सैन्य अखडा छ, न्युर्योक टाइम्समा लेखिएको छ ।

ट्रम्पले डेनमार्क र ग्रिनल्यान्डका अधिकारीहरुलाई जर्बजस्ती उक्त टापु कब्जामा लिन सकिने चेतावनी दिएका छन् । म सहज बाटोबाट सहमति गर्न चाहन्छु । यस्तो भएन भने हामी कठोर कदम चाल्नेछौं, उनले भने ।

अमेरिकाले ग्रिनल्यान्डमाथि सैनिक हस्तक्षेप गर्दा नाटो सैन्य गठबन्धनको उपायेदियता समाप्त हुनेछ । डेनमार्क र अमेरिका दुबै नाटो सन्धीका संस्थापक सदस्य हुन् ।

यस सन्धी अनुसार कुनै एक नाटो सदस्य माथिको आक्रमण सबै सदस्यमाथिको आक्रमण सरह हुनेछ । तर ट्रम्पले गठबन्धनको यस मुल मान्यतालाई अस्विकार गरेका छन् ।

अमेरिकाले यस टापुमा प्रत्यक्ष शासन गर्न पाए मात्रै यसको सुरक्षा गर्ने पनि उनले बताएका छन् । 'हामीले यसको स्वामित्व लिएपछि यसको रक्षा गर्नेछौं, उनले भने ।

ट्रम्पले ह्वाइटहाउसमा आयोजना गरेको यस कार्यक्रममा तेल र ग्याँस कम्पनीका कार्यकारी व्यक्तिहरुलाई निम्तो दिइएको थियो । चीन र रुसको बिस्तारवादी नीतिलाई देखाएर उनले छिमेकी देशहरुमाथिको अमेरिकाको आक्रमणलाई पुष्टि गर्ने प्रयास गरे ।

हामीले यस्तो नगरेको भए रुस वा चीनले गर्ने थिए,’ भेनेजुएलाको तेलमाथिको आफ्नो नियन्त्रण प्रयासबारे उनले भने । भेनेजुएलामा आक्रमण गरिसकेपछि त्यहाँको सरकारले अमेरिकासँग समन्वय गरेर राम्रो काम गरेको उनले बताए ।

समन्वय नगरेको भए अमेरिकी आक्रमणमा उक्त देश नै विध्वंश हुने जोखिम रहेको पनि उनले दाबी गरे । उनीहरुले हामीसँग स्पष्टसँग वार्ता गरे । धेरै स्मार्ट तवरबाट, उनले भने,' नत्र एउटा अर्को आक्रमणपछि सम्पूर्ण स्थानमा विध्वंश हुनेवाला थियो । र, हामी त्यो गर्न चाहदैंन थियौं

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार