२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

भेनेजुएला प्रकरण

कावा राष्ट्रपतिको अमेरिकासँग प्रस्ताव : 'सहकार्य गरौँ '

सोमवार , पौष २१, २०८२

 

कराकास, पुस । भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले संयुक्त राज्य अमेरिकासँग सहकार्य र संवादका लागि तयार रहेको बताएकी छन्।

कार्यवाहक राष्ट्रपतिको रूपमा पहिलो पटक मन्त्रिपरिषद् बैठक बोलाएर उनले सार्वजनिक विज्ञप्ति जारी गर्दै भेनेजुएलाको विदेश नीति शान्ति र कूटनीतिक संवादमा केन्द्रित रहने स्पष्ट पारेकी हुन्।

विज्ञप्तिमा रोड्रिगेजले भेनेजुएला शान्तिप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै अमेरिकासँग ' सन्तुलित र सम्मानजनकु सम्बन्ध विकास गर्नु सरकारको प्राथमिकता भएको बताइन्।

उनले अमेरिकी सरकारलाई अन्तर्राष्ट्रिय कानुनको ढाँचाभित्र रही ' सहयोगको एजेन्डा अघि बढाउन मद्दत गर्न' आमन्त्रणसमेत गरेकी छन्। उनले भनिन्,' राष्ट्रपति डोनाल्ड ट्रम्प,हाम्रा जनता र हाम्रो क्षेत्र युद्ध होइन,शान्ति र संवादका हकदार छन्। यो सधैं राष्ट्रपति निकोलस मादुरोको सन्देश हो र अहिले सम्पूर्ण भेनेजुएलाको सन्देश बनेको छ। '

रोड्रिगेजले भेनेजुएलामा शान्ति,विकास,सार्वभौमिकता र आफ्नै भविष्य निर्धारण गर्ने अधिकार रहेको उल्लेख गर्दै बाह्य हस्तक्षेप अस्वीकार्य भएको पनि बताइन्।

यसैबीच,अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुनः कडा अभिव्यक्ति दिँदै भेनेजुएलामाथि अमेरिकाको नियन्त्रण रहेको दाबी गरेका छन्। ट्रम्पको भनाइले दुवै देशबीचको सम्बन्ध अझै तनावपूर्ण अवस्थामा रहेको संकेत गरेको छ।

राजनीतिक अनिश्चितता र अन्तर्राष्ट्रिय दबाबका बीच कार्यवाहक राष्ट्रपति रोड्रिगेजको सहकार्य प्रस्तावलाई भेनेजुएलाले कूटनीतिक समाधानतर्फ देखाएको पहलका रूपमा हेरिएको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार