२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

इजरायल- हेजबुल्लाह युद्ध 

 इजरायली रक्षा बल दक्षिणी लेबनान प्रवेश  :  ' युद्ध जारी, २४ घण्टामा २८ मारिए '

बिहिवार , आश्विन १७, २०८१

बेरुत, असोज । हेजबुल्लाहका समूहका सैन्य संरचना ध्वस्त पार्न भन्दै दक्षिणी लेबनान प्रवेश गरेको इजरायली रक्षा बल (आईडीएफ) र हेजबुल्लाहबीच बिहीबार पनि युद्ध भइरहेको छ । 

युद्धका कारण पछिल्लो २४ घण्टामा लेबनानमा कम्तीमा २८ जना स्वास्थ्यकर्मी मारिएको विश्व स्वास्थ्य संगठन .(डब्लूएचओ) ले जनाएको छ । 

डब्लूएचओ प्रमुख टेड्रोस एडहानोम गेयब्रेससले मारिनेमध्ये कपितय बमबारीपछि काम गर्ने क्षेत्रहरूबाट भागेका थिए ।

त्यस्तै, लेबनानको राजधानी बेरुतमा आईडीएफले बुधबार राति गरेको आक्रमणमा कम्तीमा ९ सर्वसाधारण मारिएका बीबीसीले जनाएको छ । 

आईडीएफले कम्तीमा १५ हेजबुल्लाह सदस्य मारिएको दाबी गरेको छ ।

मारुन अल–रासमा हजेबुल्लाहले इजरायली सेनालाई लक्षित गर्दै बम विस्फोट गराएको छ भने इजरायलले दक्षिणी लेबनानमा हवाई आक्रमण गरेको छ । 

आईडीएफले बिहीबार हेजबुल्लाहको गुप्तचर मुख्यालयमा आक्रमण गरेको जनाएको छ । 

त्यस्तै, हेजबुल्लाहले बेरुतस्थित आफ्नो सञ्चार कार्यालयमा आक्रमण भएको जनाएको छ । आईडीएफले दक्षिणी लेबनानका स्थानीयलाई अन्यत्र जान चेतावनीसमेत दिएको छ ।

 ‘तपाईं र तपाईंका सन्तानको सुरक्षाका लागि अर्को सूचना नभएसम्म आफ्नो घरमा नजानुहोला,’ आईडीएफले टेलिग्राममार्फत जारी सूचनामा लेखिएको छ ।

इजरायली सेनाले दुई सातायता गरेका आक्रमणमा कम्तीमा हजार सर्वसाधारणको ज्यान गइसकेको छ । 

दक्षिणी लेबनान र बेका क्षेत्रबाट कम्तीमा १० लाख सर्वसाधारण विस्थापित भइसकेका छन् ।

सन् २०२३ को अक्टुबर ७ यता इजरायलले लेबनानमा गरेको आक्रमणमा १ हजार ९७४ जनाले ज्यान गुमाइसकेका छन् ।

तीमध्ये कम्तीमा १२७ जना बालबालिका छन् । ९ हजार ३८४ जना घाइते भएका जनाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार