२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

रुस - युक्रेन युद्ध

युक्रेनले रुसको कुर्स्क क्षेत्रका ८२ बस्ती कब्जा गर्‍यो

शनिवार , भाद्र १, २०८१


काठमाडौँ, भदौ । रुसको कुर्स्क क्षेत्रमा आक्रमण जारी राख्दै युक्रेनले सेम नदीमा रहेको पुल भत्काएको छ ।  रुसी अधिकारीहरुलाई उद्धृत गर्दै यस हमलामा ग्लुसकोवो सहर नजिकै युक्रेनी सेनाको यो कारबाहीका कारण सहरको एक भाग अन्य स्थानबाट काटिएको बताइएको छ ।

युक्रेनी सेनाले भत्काएको उक्त पुल रुसी सैनिकलाई अत्यावश्यक सामान आपूर्ति गर्न प्रयोग भएको थियो । तर अहिले पुल भत्किएपछि अवरुद्ध भएको छ ।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेनी सेनाले कुर्स्कमा आफ्नो स्थिति बलियो बनाउँदै लागेको बताएका छन् ।

जेलेन्स्कीका अनुसार कुर्स्क क्षेत्रको बदलामा उनीहरूले रुसलाई युक्रेनी भूभागमाथिको आफ्नो कब्जा त्याग्न पनि माग गर्न सक्ने बताएका छन् ।

यसअघि युक्रेनका शीर्ष कमाण्डर ओलेक्जेन्डर सिर्स्कीले युक्रेनी सेनाले रुसको कुर्स्क क्षेत्रमा आफ्नो सैन्य कार्यालय स्थापना गरेको बताएका थिए ।

ओलेक्सान्डर सिर्स्कीका अनुसार सेनाले यस कार्यालयबाट रुसमाथि हमला गर्न जारी राखेको छ । 

सामाजिक सञ्जालमा पोष्ट गरिएको भिडियोमा जनरल सिर्सकीले युक्रेनको नियन्त्रणमा रहेको क्षेत्रमा यो कार्यालय बनाएको बताएका छन् ।

युक्रेनको यो कदमप्रति प्रतिक्रिया दिँदै रुसी रक्षामन्त्री आन्द्रेई बेलोसोभले कुर्स्क क्षेत्रका जनताको सुरक्षाका लागि आवश्यक कदम चाल्ने बताएका छन् ।

युक्रेनले पनि बिहीबार रुसी क्षेत्रमा आफ्नो कब्जा जमाएको दाबी गरेको छ । जनरल सिर्स्कीका अनुसार युक्रेनी सेना कुर्स्क क्षेत्रमा ३५ किलोमिटर अगाडि बढेका छन् । 

हालसम्म युक्रेनले ११५० वर्ग किमी, ८२ बस्तीहरू नियन्त्रणमा लिएको छ ।
स्रोत ः विभिन्न एजेन्सी

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार