२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

 चीनमा सत्ता बिबाद चुलिमा  

रक्षामन्त्री ली बर्खास्त  : "  हटाउनुकाे कारण खुलाइएको छैन "

बुधवार , कार्तिक ८, २०८०

 

काठमाडौँ, कात्तिक । मञ्चमा देखिन छोडेको दुई महिनापछि चीनले रक्षामन्त्री ली साङ्फुलाई औपचारिक रूपमा बर्खास्त गरेको छ । उनलाई हटाउनुको कारण खुलाइएको छैन । चीनले नयाँ रक्षा मन्त्रीको हुने भन्ने घोषणा गरेको छ ।

सी चिनफिङको मन्त्रिपरिषद्का सदस्य विदेशमन्त्री क्विन र अहिले रक्षामन्त्री पनि बर्खास्तीको सूचीमा परेको बीबीसीले ग्याङलाई गत जुलाईमा बर्खास्त गरिएको जनाएको  थियो । 

बर्खास्ती पछि धेरै उच्च सैन्य अधिकारीहरूलाई पनि हटाइएको  लेखेको छ ।

चीनका शीर्ष विधायकहरूसमेत रहेका उनीहरुलाई हटाउने निर्णय नेशनल पिपुल्स कंग्रेसको स्थायी समितिले गरेको चीनको सीसीटीभीले रिपोर्ट गरेको छ ।

यसै साता बेइजिङमा विदेशी रक्षा अधिकारीहरूलाई चीनले स्वागत गर्ने तयारी गरिरहेको छ । यही समयमा रक्षामन्त्री औपचारिक रुपमा हटाएको हो ।

रोयटर्सले गत महिनागरेको रिपोर्टअनुसार रक्षामन्त्री उपकरण खरिद र विकाससम्बन्धी संदिग्ध भ्रष्टाचारको अनुसन्धानमा तानिएको थिए ।

उनी पछिल्लो पटक २९ अगस्टमा अफ्रिकी राष्ट्रहरूसँग बेइजिङ सुरक्षा फोरममा सार्वजनिक रूपमा देखिएका थिए।

स्याटेलाइट र रकेट प्रक्षेपण केन्द्रबाट आफ्नो करिअर सुरु गरेका एक एयरोस्पेस इन्जिनियर जनरल लीले सैन्य फाँटमा काम गरेका थिए ।

सन् २०१८ उसले सेनाको उपकरण विकास शाखाको नेतृत्व गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार