२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

इजरेल–हमास युद्ध

अमेरिकाले इजरेललाई भन्यो  : "  हामी तपाइँको साथमा छौँ"

पाँच दिनयता साढे १७ सयको मृत्यु : ' अमेरिकी विदेशमन्त्री इजरेल जाँदै'

बुधवार , आश्विन २४, २०८०

 

काठमाडौँ, असोज  । प्यालेस्टिनी समूह हमास र इजरेलबीचको युद्धमा परी अहिलेसम्म १ हजार ७३० जनाको मृत्यु भइसकेको छ । 

इजरेलको आई २४ न्युजका अनुसार गत शनिबारदेखि शुरु भएको युद्धमा इजरेलमा मात्रै ९०० जनाको मृत्यु भएको छ । जसमा ४० जना नवजात बच्चासमेत हुन् । 

२ हजार ३०० मानिस घाइते भएका छन् । त्यस्तै गाजापट्टीमा १४० बालबालिकासहित ८३० जनाको मृत्यु भइसकेको छ । जसमा १२० जना महिला पनि हुन् । 

त्यसैगरी ३ हजार ७२६ जना घाइते भएका छन् । 

यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले इजरेली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई टेलिफोन सम्पर्क गरेर युद्धको अवस्थाबारे बुझेका छन् । 

त्यसपछि बाइडेनले मंगलबार राति अबेर ह्वाइट हाउसमा सम्बोधन गर्दै अमेरिका इजरेलको साथमा रहेको बताए । उनले इजरेलमा एक हजार जनाको नृशंस हत्या गराएको पनि बताएका छन् । 

जसमा १४ अमेरिकी नागरिक पनि मारिएका छन् । इजरेलसँग साथ रहेको देखाउन अमेरिकी विदेश मन्त्री एन्टोनी जे ब्लिङ्केन आज इजरेल जाँदैछन् । 

त्यस्तै प्रधानमन्त्री नेतान्याहूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोन गरी युद्धबारे जानकारी दिएका छन् । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार