२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

मोरक्कोमा शक्तिशाली भूकम्प  :  ' कम्तीमा २९६ को मृत्यु, सयौँ घाइते '

शनिवार , भाद्र २३, २०८०

 


काठमाडौँ, भदौ ।  अफ्रिकी देश मोरक्कोमा एकाबिहानै शक्तिशाली भूकम्प गएको छ । भूकम्पका कारण त्यहाँ अहिलेसम्म कम्तीमा २९६ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । 

सो भूकम्पमा परी कम्तीमा १५३ जना गम्भीर घाइते भएका छन् ।भूकम्पको तीव्रता ६ दशमलव ८ रेक्टर स्केल रहेको बताइएको छ । 

भग्नावशेषबाट मानिसलाई निकाल्न उद्दार कार्य भइरहेको छ । मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । 

भूकम्पको केन्द्र विन्दू हाइ एटलस माउन्टेन रहेको छ ।  निरन्तर पराकम्पन आएकाले मानिसहरु घर बाहिर आएर बसेका छन् । 

भूकम्पका कारण थुप्रै भवन ढलेका छन् । ती भवनमा पुरिएर धेरेको ज्यान गएको हो । अमेरिकी भूवैज्ञानिक सर्वेक्षणका अनुसार १२० वर्षमा पहिलो पटक उक्त क्षेत्रमा यतिठूलो भूकम्प आएको हो । 

यसको तीव्रता अमेरिकी जियालोजिकल सर्वेका अनुसार ७.२ स्केल रहेको बताइएको छ । अहिलेसम्म यति नै भन्ने निश्चित भएको छैन । 

उत्तर अफ्रिकामा भूकम्प दुर्लभ मानिन्छ । यसअघि सन् १९६० मा अगादिर नजिक ५.८ रेक्टर स्केलको भूकम्प आएको थियो । त्यतिबेला हजारौँको मृत्यु भएको थियो । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार