२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

कोशी प्रदेश सरकार

माओवादी सरकारबाट बाहिरियो : 'नयाँ सरकार गठनको बाटो खुल्यो'

माओबादीबाट सहभागी दुई मन्त्रीले आज दिए राजीनामा

मंगलवार , जेठ २३, २०८०


बिराटनगर, जेठ ।  सत्ता गठबन्धनमा फेरबदलसँगै  कोशी प्रदेश सरकारमा सहभागी  माओवादी केन्द्र बाहिरिएको छ । सरकारमा माओबादीबाट  दुईजना  सहभागी  थिए । ती दुई माओबादी मन्त्रीले पदबाट राजीनामा दिएका छन् । 

माओवादी केन्द्रले एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने निर्णय गरेपछि भौतिक पूर्वाधार विकासमन्त्री दुर्गाप्रसाद चापागाईं र पर्यटन, वन तथा वातवरणमन्त्री जीवन आचार्यले पदबाट राजीनामा दिएका हुन् ।

उनीहरुले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई राजीनामा बुझाएका छन् । उनीहरु गत पुस २५ गते मन्त्री नियुक्त भएका थिए । माओवादीबाट चापागाईंले पार्टीको नेतृत्व गरेर मुख्यमन्त्री कार्की नेतृत्वको सरकारमा गएका थिए ।

बदलिएको राजनीतिक परिस्थित कारण देखाउँदै माओवादी केन्द्र कोशी प्रदेश सरकारबाट बाहिरिएको हो ।

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार